नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

Home » त्रिमूर्तिबाट सम्मान र विद्वद्वृत्ति

त्रिमूर्तिबाट सम्मान र विद्वद्वृत्ति

१. त्रिमूर्ति सम्मान
कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदका सालिक निर्माणका साथै यी स्रष्टाहरूका बहुमुखी योगदानको अनुसन्धानका हेतुले स्थापित त्रिमूर्ति निकेतनको श्रीवृद्धिका लागि दिइएको योगदानको कदर गर्दै विभिन्न व्यक्ति तथा सङ्घसंस्थालाई त्रिमूर्ति सम्मान अर्पित गरिएको छ ।
सम्मानित व्यक्ति तथा सङ्घसंस्था–
(२०६१)
१. श्री के के कर्माचार्य
२. प्रा. केशव सुवेदी
३. श्री तेम्बा शेर्पा (इन्जिनियर)
४. श्री बालकृष्ण तुलाधर (मूर्तिकार)
५. श्रीमती सलोमी तिमोथी लेप्चा
६. श्रीमती सिन्धुराज्यलक्ष्मी राणा
७. श्री एकता प्रकाशन
८. श्री देरूनिख सार्वजनिक गुठी
९. श्री भूपालमान सिंह कार्की प्रज्ञापरिषद्
१०. श्री सीताराम प्रज्ञाप्रतिष्ठान
११. श्री साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड
(२०६३)
१२. श्री भरतमोहन अधिकारी (पूर्व उपप्रधानमन्त्री)
(२०६५)
१३. श्री काठमाडौं महानगरपालिका
(२०६८)
१४. श्री प्रमोदराज शर्मा
(२०७६)
१५. श्री मोहनकृष्ण सापकोटा
१६. श्री डण्डुराज घिमिरे

२. देवकोटा सम्मान
त्रिमूर्ति निकेतनको स्थापनापूर्व लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानले केही स्रष्टाहरूमा ‘देवकोटा सम्मान’ पनि प्रदान गर्यो–
१. श्री गोमा (२०५३)
२. श्री श्यामदास वैष्णव (२०५३)
३. श्री दिलबहादुर नेवार (२०५४ : भारत)
४. सुश्री दिलमाया खाती (२०५४ : भारत)

३. देवकोटा विद्वद्वृत्ति
त्रिमूर्ति निकेतनको स्थापनापूर्व लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानले केही स्रष्टाहरूमा औषधोपचार, आर्थिक सहयोग र विद्वद्वृत्ति पनि प्रदान गर्यो । तीमध्ये निम्न लिखित महानुभावहरूलाई विद्वद्वृत्ति प्रदान गरिएको थियो–
१. श्री टुकराज मिश्र (एक हजार रुपियाँ २०५७ सालको आरम्भदेखि आजीवन)
२. श्री लीलासिंह कर्मा (पच्चीस हजार रुपियाँ : २०५५)

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश

घटराज भट्टराई

संस्थापक अध्यक्ष (१९९९-२०६३)

त्रिमूर्तिगाथा

देवकोटा शताब्दी अभिलेख