नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

Home » नेपाली साहित्य नारी रत्न

नेपाली साहित्य नारी रत्न

विश्व नारी नेपाली साहित्य रत्न डा. वानीरा गिरी
नेपाली भाषासाहित्यका क्षेत्रमा उन्नाइसाैँ शताब्दीको उत्तरार्धदेखि ललितत्रिपुरसुन्दरीबाट नारीलेखनको आरम्भ भएको र नेपाली नारीको साहित्यिक यात्राले झन्डै दुई शताब्दी पूरा गरिसकेको सन्दर्भमा नेपाली भाषासाहित्यका शीर्षस्थ नारीस्रष्टाकोे यस सफल यात्राका हार्दिक कदरस्वरूप २०७१ साल जेठ १६ गते काठमाडाैँमा प्रधानमन्त्री सुशील कोइरालाले डा. वानीरा गिरीलाई ‘नेपाली साहित्यका विश्व नारी रत्न’को उपाधि समर्पण गर्नुभयो ।

एक्काइसाैँ शताब्दीको विश्वव्यापीकरणको युग सुहाउने कार्यका रूपमा नेपालका अतिरिक्त विश्वभरिका नेपाली नारीस्रष्टाको प्रेरणास्वरूप एक जना अति विशिष्ट नारीस्रष्टालाई ‘नेपाली साहित्यका विश्व नारी रत्न पुरस्कार’ प्रदान गर्न भूगोलमा नेपाली भाषा बोल्ने स्रष्टाहरूको स्वरको कदरस्वरूप डा.वानीरा गिरीलाई ‘नेपाली साहित्यका विश्व नारी रत्न’को सम्मान सगौरव समर्पण गरिएको थियो ।

नेपाली भाषामा कविता, कथा, उपन्यास, निबन्ध, समालोचना र अन्वेषणमूलक प्रबन्धलेखनकी ‘नारीचुली’, नेपाली साहित्यमा विद्यावारिधि गर्ने ‘प्रथम नारी रत्न’ तथा नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगत्मा पुर्याउन गुरुतम भूमिका निर्वाह गर्ने प्रथम नारीस्रष्टा डा.वानीरा गिरीलाई ‘नेपाली साहित्यका विश्व नारी रत्न’को उपाधिका साथ पाँच लाख रुपियाँ राशिसमेत समर्पण गरिएको थियो ।

नेपाली भाषासाहित्यका बर्तमान शीर्षस्थ नारीस्रष्टा एक जनालाई एक लाख रूपियाँ राशि सहित ‘नेपाली साहित्य नारी रत्न’को पुरस्कार (उपाधि) समर्पण गरिएको थियो ।
१. श्री माया ठकुरी (२०७२)
२. श्री भागीरथी श्रेष्ठ (२०७३)
३. (क) श्री गीता केशरी (२०७६)
(ख) श्री पद्मावती सिंह (२०७६)

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश

घटराज भट्टराई

संस्थापक अध्यक्ष (१९९९-२०६३)

त्रिमूर्तिगाथा

देवकोटा शताब्दी अभिलेख