नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

Home » त्रिमूर्ति निकेतनका तीन संस्था

त्रिमूर्ति निकेतनका तीन संस्था

त्रिमूर्ति निकेतनको स्थापनापछि लेखनाथ पौड्याल काव्यसभा, बालकृष्ण सम फाउन्डेशन र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान त्रिमूर्ति निकेतनमा नै समाहित भएका छन् । यी संस्थाका उद्देश्य पनि त्रिमूर्ति निकेतनकै प्रकृतिका भएकाले एउटै छातामुनि रहने तीनओटै संस्थाले आआफ्ना साधारणसभाबाट निर्णय गरेका थिए ।

लेखनाथ पौड्याल काव्यसभा
लेखनाथ पौड्याल काव्यसभाको स्थापना २०६२ सालमा भएको हो  । खनूप्रूदे ‘रामबाबू’, घटराज भट्टराई, नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको प्रबल इच्छाबाट लेखनाथ पौड्याल काव्यसभाको स्थापना भएको थियो ।

बालकृष्ण सम फाउन्डेशन
बालकृष्ण सम फाउन्डेशनको स्थापना २०५२ सालको मोती जयन्तीमा भएको हो  । नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको प्रबल इच्छाबमोजिम स्थापित यस संस्थाले सम विषयक केही कार्य गर्यो । इन्दिरा प्रसाईको अध्यक्षतामा गठित यस फाउन्डेशनले हरेक वर्ष सम जयन्तीको छुट्टै समारोहको आयोजना गर्थ्यो । साथै यस संस्थाले केही महत्त्वपूर्ण कृतिहरूको पनि प्रकाशन गर्यो ।

बालकृष्ण सम फाउन्डेशन नेपाली भाषासाहित्यका अतिरिक्त विशेष गरी नाट्यजगत्का सांस्कृतिकर्मीहरूप्रति पनि समर्पित भइरह्यो । यस फाउन्डेशनले लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानसँगको संयुक्त आयोजनामा त्रिमूर्ति निर्माणमा यथोचित सहयोग गरेको थियो ।

लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान
लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानको स्थापना २०५३ सालमा भएको हो । शरद्कुमार भट्टराई, घटराज भट्टराई, नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको प्रबल इच्छाबमोजिम स्थापित यस संस्थाका संस्थापक अध्यक्ष घटराज भट्टराई हुनुहुन्थ्यो । यस प्रतिष्ठानले हरेक वर्ष देवकोटा जयन्तीको छुट्टै समारोहको आयोजना गर्थ्यो । साथै यस संस्थाले केही महत्त्वपूर्ण कृतिहरूको पनि प्रकाशन गर्यो ।

लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान नेपाली भाषासाहित्यका अतिरिक्त विशेषगरी महाकवि देवकोटाबारे समर्पित भइरह्यो । यस प्रतिष्ठानले बालकृष्ण सम फाउन्डेशनसँगको संयुक्त आयोजनामा त्रिमूर्ति निर्माणमा यथोचित सहयोग गरेको थियो ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश

घटराज भट्टराई

संस्थापक अध्यक्ष (१९९९-२०६३)

त्रिमूर्तिगाथा

देवकोटा शताब्दी अभिलेख