नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

Home » अन्तर्राष्ट्रिय साहित्य सम्मेलन

अन्तर्राष्ट्रिय साहित्य सम्मेलन

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मशताब्दीका अवसरमा त्रिमूर्ति निकेतनबाट गठन गरिएको ‘महाकवि देवकोटा शताब्दी महोत्सव’द्वारा डेढ वर्षभरि विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको थियो ।

महोत्सवद्वारा आयोजना गरिएको अन्तिम कार्यक्रमका रूपमा पाँच दिने अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलन भएको थियो । त्रिमूर्ति निकेतनको अन्तर्राष्ट्रिय सम्पर्क समितिका संयोजक डा.सत्योहन जोशीको संयोजकत्वमा गठित यस सम्मेलनले विश्व परिवेशमा नेपाली भाषासाहित्यबारे एउटा अविस्मरणीय र प्रेरक भूमिका निर्वाह गरेको थियो । यसै परिप्रेक्ष्यमा प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलनले ठूलै चुनौतीका साथ अत्यधिक सफलता प्राप्त गरेको थियो । काठमाडाðको नयाँ बानेश्वरस्थित अनमोल कम्प्लेक्समा सम्पन्न भएको उक्त सम्मेलनमा १३ राष्ट्रका स्थानीयमूलका स्रष्टाको प्रत्यक्ष सहभागिता थियो ।

यस्तो उत्कृष्ट भेला देश, काल र परिस्थितिले जुराएर मात्र सम्भव हुन सक्छ । भूत वा भविष्यत् कुनै कालले पनि कल्पना नै गर्न नसक्ने यस्तो आयोजना अनन्तकालसम्म स्मरणीय रहनेछ । विगतका सर्जकहरूले यसलाई देख्न पाएनन्, आगामी पुस्ताले यसको चर्चामात्र सुन्लान् । तर वर्तमान पुस्ता जसले सम्मेलनमा सरिक हुने वा सहभागिता जनाउने अवसर पाए तिनीहरूलाई भाग्यमानी भन्नुपर्छ । किनभने सीमित साधन र स्रोतका कारण सम्मेलनमा पुगनपुग चारसय जनाका लागि मात्र व्यवस्थापन गरिएको थियो ।

सम्मेलन हरेक दृष्टिले ऐतिहासिक बन्न पुग्यो । नेपालमा सुसम्पन्न यस्तो विराट् सम्मेलनबाट प्रभावित नहुने कोही थिएनन् । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काइँलाको भनाइमा ‘प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलन नेपाली भाषासाहित्यमा प्रेम राख्ने नेपाली तथा गैर नेपाली स्रष्टा, साधकहरूको अभूतपूर्व भेला हो । यो सम्मेलन आपðmमा एउटा अभूतपूर्व र ऐतिहासिक घटना बन्यो । नेपाली साहित्यलाई विश्वव्यापी बनाउन विश्वभरका विविध भाषाभाषीका स्रष्टा र साधकलाई नेपाली भाषासँग नजिक ल्याउन गरेको यो काम अत्यधिक अनुकरणीय छ ।’

अविश्रान्त कार्यशैली र सक्षम नेतृत्वका कारण नेपालजस्तो आक्रान्त मुलुकमा पनि यस्तो विशिष्ट सम्मेलन सफलतापूर्वक सुसम्पन्न भयो ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश

घटराज भट्टराई

संस्थापक अध्यक्ष (१९९९-२०६३)

त्रिमूर्तिगाथा

देवकोटा शताब्दी अभिलेख