नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

Home » महान् बन्यो : गेहेन्द्रमान अमात्य

महान् बन्यो : गेहेन्द्रमान अमात्य

नेपालमा कला, साहित्य, नाटक र सङ्गीतका क्षेत्रमा विशिष्ट योगदान गर्दै राष्ट्रको यश र गरिमा बढाउने साधकहरूलाई जनस्तर र राजकीय स्तरबाट सम्मान गर्ने परम्परा धेरै पहिलेदेखिको हो । मौर्यकाल र गुप्तकालमा कविलेखकहरूलाई राज्यबाट आश्रय प्राप्त हुने गरेको, बाल्मीकि र कालिदासलाई जनस्तरबाटै आदिकवि र कविकुलगुरुको सम्मान प्राप्त भएको कुरा प्रसिद्धै छ । हालै जनस्तरबाट काठमाडौँ तिलगङ्गास्थित सञ्चारग्राममा नेपाली भाषासाहित्यका तीन महान् साहित्यकारहरूको सालिक त्रिमूर्ति नामले स्थापित भएको छ । कविशिरोमणि लेखनाथ पौडयाल, नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको ढलौटको मूर्ति (सालिक)लाई त्रिमूर्ति नाम दिइएको छ ।

आधुनिक नेपालीकविताका विभिन्न चरणका इतिहासमा कविशिरोमणि लेखनाथ पौडयालहुँदै महाकवि लक्ष्मीप्रसाद देवकोटासम्म आइपुग्दा एउटा लामो धर्सो कोरिन्छ । उनीहरू स्वच्छन्दतावादी, प्रगतिवादी कविताधाराको सन्दर्भका मात्र नभई त्यस समयसम्मका नेपालीकविताका सर्वाधिक शक्तिशाली स्रष्टाहरू नै थिए । उनीहरूले नयाँ कविताको नेतृत्व गरी प्रतीकवादी विभिन्न धाराका प्रवृत्तिलाई समेट्दै नयाँ कविताप्रयोगलाई सर्वाधिक उपलब्धिपूर्ण तुल्याएका थिए । मुनामदन जस्ता लामा कविता पनि रचेका थिए । यस नयाँ धाराले भावविधान र लयलगायत शिल्पविधानको आ≈वान पनि गर्‍यो र भानभुक्तको जस्तो परम्परागत कविताधारणाको पर्खाल नाघ्दै आˆनो दौड सुरु गरेको थियो । त्यस दौडमा मुख्यतः युगमानससँगै समकालीन जीवनगत सत्य र अन्याय अत्याचारका यथार्थ सत्यको उत्खनन गरेर याथातथ्य प्रकाशमा ल्याउनु नै कविशिरोमणि लेखनाथ पौडयाल र महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदान हो । यसैबाट उनीहरू नेपालका महान् साहित्यकार हुन पुगेका हुन् । उनीहरूले कवितामा नैराश्य, विसङ्गति र निःसारताबारे अभिव्यञ्जनाशैलीमा भाव व्यक्त गरेका थिए । नेपालमा पाश्चात्य नाटकको प्रभाव नाटयसम्राट् बालकृष्ण समले ल्याएका हुन् । नेपालीनाटकलाई शेक्सपियरेली प्रभावद्वारा पाश्चात्य नाटयपरम्परातर्�� दरो रूपमा उन्मुख गराउने काम नाटयसम्राट् बालकृष्ण समबाट भएको हो ।

नाटयसम्राट् बालकृष्ण सम पहिले बालकृष्णशमशेर जङ्गबहादुर राणा थिए । २००७ सालपछि प्रजातन्त्रको स्थापनापछि शमलाई सम बनाई शेर हटाइएको थियो । बालकृष्ण समले नाटक, कविता र काव्य, कथा, निबन्ध, प्रबन्ध तथा जीवनी र कलासम्बन्धी अनेक पुस्तकहरू लेखेका छन् ।

कविशिरोमणि लेखनाथ पौडयाल, नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा चानचुन मानिस थिएनन् दैवीय गुण भएका महान् साहित्यकार थिए । कुनै पनि साहित्यकारको साहित्यिक रचनाको जन्म फुटकर कविता र रचनाबाट हुन्छ । एकैचोटि ठूलठूला पुस्तक लेखेर छापिँदैन । त्यस्ता फुटकर कविता र रचना सर्वप्रथम पत्रपत्रिकामा प्रकाशित हुन्छन् । शारदाजस्ता साहित्यिक पत्रपत्रिकाले धेरै साहित्यकारहरूलाई प्रकाशमा ल्याएका छन् र प्रोत्साहन दिएका छन् । पत्रकारिता र साहित्यको घनिष्ठ सम्बन्ध रही आएको छ । चाहे पत्रपत्रिका हउन्, चाहे रेडियोप्रसारण होस्, चाहे टेलिभिजन वा चलचित्र होस्, जुनसुकै सञ्चारसँग सम्बद्ध क्षेत्रको लागि साहित्यको ठूलो महत्त्व रहेको हुन्छ । चलचित्र साहित्यकारको कथा र गीतकारको गीतको आधारमा तयार हुन्छ भने पत्रपत्रिकामा रहने धेरैजसो सामग्री त्यसमा पनि खास गरी साहित्यिक पत्रिकामा छापिने धेरैजसो सामग्री साहित्यसँग सम्बद्ध हुन्छन् । त्यसकारण त्रिमूर्तिको स्थापना सञ्चारग्राममा रहन गएकोमा वादविवाद गरिरहन नमिल्ने देखिन्छ । त्यसमा पनि लेखनाथ पौडयालले आˆनो रचना पत्रिकामा प्रकाशित गरेर नै सुरु गरेका थिए ।

बालकृष्ण सम रेडियो नेपाल र सूचनाविभागको निर्देशक तथा गोरखापत्र दैनिकको प्रधान सम्पादक भइसकेका थिए भने लक्ष्मीप्रसाद देवकोटा पनि सम्पादक थिए । पत्रकारिताबाट साहित्यलाई खास गरी सम्पूर्ण सञ्चारमाध्यमलाई साहित्यबाट अलग्ग राख्न सकिँदैन । साहित्य र सञ्चारक्षेत्रको सम्बन्ध नङ र मासुको जस्तै रही आएको छ ।

सूचनाविभागको भवनसँगै प्रेस काउन्सिलको भवनको ठीक अगाडि श्रीपशुपतिनाथको मन्दिर र त्रिभुवन विमानस्थलनजिकै भव्य त्रिमूर्तिको निर्माण गरी स्थापना गर्ने परिकल्पना श्री नरेन्द्रराज प्रसाई र उहाँकी धर्मपत्नी श्रीमती इन्दिरा प्रसाईबाट भएको हो । त्यसपछि श्री घटराज भट्टराईको सहयोगले मूर्तिनिर्माण गर्ने र प्रतिष्ठापन गर्ने परियोजना सुरु भयो । सरकारले तिलगङ्गास्थित रिङरोड चक्रपथको ग्रीन बेल्टको जग्गा उपलब्ध गरायो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सीताराम प्रज्ञाप्रतिष्ठान, एकता प्रकाशन, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान, भूपालमानसिंह कार्की प्रज्ञापरिषद्, देरुनिख सार्वजनिक हित गुठी र बालकृष्ण सम फाउन्डेशनबाट गरी आर्थिक सहायता प्राप्त भयो । त्रिमूर्ति सालिकको निर्माण गर्न लागेको रकमबाट बचत रहेको रकमद्वारा त्रिमूर्ति निकेतन भवनको निर्माण गरियो ।

त्यहाँ पुस्तकालय पनि स्थापित भएको छ । नाटयसम्राट् बालकृष्ण समकी नातिनी सिन्धु राणाले त्रिमूर्तिस्थलमा आकर्षक उद्यान-बगैँचाको निर्माण गरिदिनुभएको थियो । त्रिमूर्ति पुस्तकालयको स्थापना श्रीमती सलोमी तिमोथी ‘लेप्चा’बाट भयो । उहाँ एकता प्रकाशनकी मालिक हुनुहुन्छ । अन्य अनेक कामदार कार्यकताहरूले पनि त्रिमूर्तिको निर्माण र प्रतिष्ठापनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुभएको थियो ।

यस महान् कार्यको श्रेय प्रसाईदम्पती नरेन्द्रराज र इन्दिरालाई दिनुपर्दछ । उहाँहरूले गर्नुभएको परिकल्पना र आँटबाटै तिलगङ्गामा त्रिमूर्तिको स्थापना हुन सकेको हो ।

उद्घाटनसमारोहमा अरु सबैले प्रशंसापत्र पाए तर नइले लिनुभएन । यो पनि उहाँहरूले देखाउनुभएको ठूलो त्याग हो ।

न्यू टाइम्स अफ नेपाल, २०६१ असोज २१

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश

घटराज भट्टराई

संस्थापक अध्यक्ष (१९९९-२०६३)

त्रिमूर्ति अभिलेख

त्रिमूर्तिगाथा

देवकोटा शताब्दी अभिलेख