Trimurti Niketan Trimurti Niketan Trimurti Niketan

त्रिमूर्तिको मन्दिर : नेपाली


गत भदौमा उपत्यकामा एउटा नौलो र रहरलाग्दो काम भयो । कविशिरोमणि लेखनाथ पौडयाल, नाटककार कवि बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा तीनजना नेपाली विभूतिलाई एकै हारमा उभ्याई तयार पारिएको त्रिमूर्तिमन्दिर तिलगङ्गापरिसरमा उद्घाटित भयो । नइ प्रकाशनको सत्प्रयासबाट निर्माण भएको त्यो मन्दिर नेपाली साहित्यिकहरू मात्र होइन, प्रत्येक राष्ट्रवादी नेपालीको लागि एउटा तीर्थस्थल भएको छ भन्ने हाम्रो धारणा छ । हुनत कविशिरोमणि, महाकवि तथा समज्यूका सालिकहरू अरुतिर पनि स्थापित नभएका होइनन्, तर यी तीनजना महामनाहरूका पूर्ण कदका मूर्तिहरू यसरी एकै ठाउँमा र यति सम्मानसाथ कतै निर्मित भएका छैनन् । यो आफैमा एउटा नवीन र उत्तम सुझबुझ हो भन्ने हामीलाई लाग्छ र हामी यस कार्यमा संलग्न प्रत्येक व्यक्तिलाई अभिवादन      गर्दछौँ‌ ।

कमल दीक्षित
(सम्पादक)
नेपाली त्रैमासिक, २०६१ कात्तिक, मङ्सीर र पूस


© २०६३ (2007), सर्वाधिकार सुरक्षित
त्रिमूर्ति निकेतन
सञ्चारग्राम, काठमाडौं, नेपाल
trimurtinepal@gmail.com
designed by: Lakeside Techies