Trimurti Niketan Trimurti Niketan Trimurti Niketan

अग्रज साधकको सम्मान : गोरखापत्र दैनिक


राजधानीमा निर्मित त्रिमूर्ति निकेतनमा कविशिरोमणि लेखनाथ पौडयाल, नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पुर्णकद सालिकको स्थापना हुनुलाई अग्रज साधकप्रति जनसम्मानको अनुपम प्रयास मान्न सकिन्छ । नेपालीसाहित्यको धरातलमा कालजयी स्रष्टाका रूपमा देखा परेका त्रिमूर्ति लेखनाथ, सम र देवकोटाका योगदानको बयान गरिरहनुपर्दैन । यी त्रिमूर्तिमध्ये एउटाको मात्र नाम छुटाउने हो भने पनि नेपालीसाहित्यको इतिहास नै अधुरो हुने तथ्य सबैबाट लुकेको छैन । आआफ्नो स्थानबाट राष्ट्रलाई अतुलनीय योगदान दिएर गएका यस्ता विशिष्ट प्रतिभाहरूको सम्मान गर्न राष्ट्रिय स्तरमै सबैको ध्यान पुग्नु स्वाभाविक हुन्छ । त्यसैले पनि जनस्तरबाट भएको त्रिमूर्तिको यो सम्मान स्वयंमा अनुकरणीय हुन पुगेको देखिन्छ ।

त्रिमूर्ति निकेतनमा त्रिमूर्तिका सालिकका साथै त्रिमूर्तिले लेखेका र त्रिमूर्तिबारे लेखिएका कृतिहरूको पुस्तकालय समेत स्थापित भएको तथ्यको मनन गर्दा यो क्षेत्र अब नेपालीसाहित्यको तीर्थस्थल नै बन्न सक्ने तथ्यमा पनि शङ्का गर्न सकिँदैन । यसबाट त्रिमूर्तिबारे अध्ययनअनुसन्धान गर्न एकपटक जन्मदिनमा गुणगान गरेको भरमा कुनै पनि राष्ट्रिय प्रतिभाले दिएको योगदानको कदर हुँदैन । उनीहरूको योगदानको कदर उनीहरूले देखाएको बाटोको सबैले अनुसरण गर्न सकेमा नै सम्भव हुनेछ । राष्ट्रिय प्रतिभाको सम्मान समग्र राष्ट्रकै सम्मान ठहर्छ । राष्ट्रिय प्रतिभाहरूको सम्मान एवं विकासविस्तारमा सबैको चासो र सहयोगी सत्प्रयास केन्द्रित रहनु राष्ट्रिय गौरवलाई उच्च तुल्याउन खोजेकै मानिनेछ ।

२०६१ भदौ १३ गते


© २०६३ (2007), सर्वाधिकार सुरक्षित
त्रिमूर्ति निकेतन
सञ्चारग्राम, काठमाडौं, नेपाल
trimurtinepal@gmail.com
designed by: Lakeside Techies