Trimurti Niketan Trimurti Niketan Trimurti Niketan

त्रिमूर्तिको अर्चना : प्रचण्ड मल्ल


लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा कवि साहित्यकारका रूपमा त प्रतिष्ठित भए नै, उनीहरू तीनैजना मुलुकका प्रतिभाशाली नाटककार पनि थिए ।

पौड्याललाई श्री ५ त्रिभुवनको शुभ जन्मोत्सवको अवसरमा २००८ असार ९ गते राजाबाट कविशिरोमणिको उपाधि दिइएको थियो भने सम र देवकोटालाई क्रमशः नाटयसम्राट् तथा महाकविको उपाधि जनताले दिएका थिए ।

पौडयालले भर्त्रृहरिनिर्वेद, लक्ष्मीपूजा र अभिज्ञानशाकुन्तलको अनुवाद गरे भने भवितव्य, राधाकृष्णकेली, दिगम्बरविवाह, पार्वतीपरिणय र गौरीगौरव नाटकहरू लेखे । यीमध्ये लक्ष्मीपूजा नाटक १९९० को महाभूकम्पद्वारा पीडितहरूको सहयोगार्थ लैनचौरको खुला क्षेत्र हाल खानीविभाग रहेको ठाउँमा अस्थायी रङ्गमञ्च बनाई लेफ्टिनेन्ट सूर्यबहादुर बस्नेतले ठमेलका छात्रहरूको सहभागितामा १९९५ भदौ १७ मा मञ्चन गरेका थिए ।

टिपेका टिप्पणीको लागि पौड्यालसँग सोधिएका प्रश्नहरूमा इन्द्रबहादुर राईले टिप्पणी लेख्नुभएको छ- आलनो है आलनो । लक्ष्मीपूजाभन्दा अघि लेखिएको उनको एउटा अर्को नाटक हो ।' कविशिरोमणिको गौरीगौरव नाटकको मञ्चन २००९ असार २४ मा नेपाल नाटक सङ्घद्वारा नारायणहिटी राजदरबारमा भएको थियो ।

आठै वर्षेखि कवितासाधनामा लगेका समले मेरो कविताको आराधनामा लेखेका छन्- "अशान्त भएको मेरो मनले केवल कवितामा शान्ति पायो- मनको उद्वेगलाई लयमा ढालेर राख्नु, अनि फेरिफेरि त्यसैलाई भावुक हृदयले गाइरहनु, कविताको आराधना गर्नु । कविताको आ≈वान गरिरहनुभन्दा शान्तिको अर्को उपाय मैले देखिनँ, न देखेको छु ।"

कविताबाट नाटकलेखन सुरु गरेका समले १९७७ मा नाटक मिलिनद, १९७९ मा तानसेनको झरी र १९८३ मा अज नाटक लेखी नाटयलेखनकलामा नवीन क्रान्ति ल्याए । १९८६ मा वियोगान्त नाटक मुटुको व्यथा लेखेर प्रकाशन गरे । त्यसपछि उनले चार दर्जनभन्दा बढी नाटक लेखे । उनका नाटक पौराणिक, ऐतिहासिक र सामाजिक छन् । ती एकाङ्की र पूर्णाङ्की छन् । साथै गीतिनाटक, भावनाटक र वाद्यनाटक पनि छन् । लेखिएका नाटकहरूमध्ये ९५ प्रतिशत मञ्चित भइसकेका छन् ।

देवकोटाको खण्डकाव्य मुनामदन १९९२ साल चैतमा ब्र≈मशमशेर जङ्गबहादुर राणाको सक्रियतामा छापियो । यो खण्डकाव्य निकै दिनसम्म धूमधामसँग मञ्चित भयो । रजपूतरमणी नाटक गाईजात्रा पर्वमा मञ्चित भएपछि श्री ३ जुद्धशमशेरले सिंहदरबार नाचघरमा यसको मञ्चन गराए । यसले ख्याति पाउँदै गएपछि जुद्धशमशेरले सत्ता छाड्नु केहीअघि टाउन हल हालको विशालबजार रहेको ठाउँमा यो देखाइएको थियो । उनले पौराणिक कथामा आधारित सावित्रीसत्यवान् नाटक लेखे र शेक्सपियरको प्रसिद्ध नाटक म्याकबेथको अनुवाद गरी नाटकको रसास्वादन गराए ।

 प्राध्यापक डा कुमारबहादुर जोशी भन्छन्- "कवि देवकोटाले भरतमिलाप र उषाअनिरुद्ध नाटक लेखे । यी दुवै नाटक मञ्चित पनि भएको साक्ष्य भेट्टिन्छ ।" उनको एकाङ्की नाटक मुना शारदा पत्रिकामा २००४ सालमा छापिएको छ । गीत्यात्मक खण्डकाव्यहरू ह्मेन्दु, लुनी र कृषिवाला राष्ट्रिय नाचघरको रङ्गमञ्चमा सफलतापूवक मञ्चित भएका थिए ।

उनीहरूको योगदानले नै गर्दा साहित्यकार नइ प्रसाईदम्पतीलाई त्रिमूर्तिको स्थापना गर्ने प्रेरणा मिलेको अनुभव हुन्छ । त्रिमूर्तिको स्थापनाद्वारा उनीहरूको इतिहासमा नयाँ आयाम थप्ने प्रबल इच्छा जागृति भएको छ । यी मूर्तिहरूमध्ये नाटयसम्राट् बालकृष्ण समको कीर्ति स्थापित गर्ने उद्देश्यले उनीहरू दुवैले एकएक हजार रुपैयाँ राखी 'बालकृष्ण सम फाउन्डेशन'को खाता खोले । यो उनीहरूले बनाएको गोरेटो थियो । आज यो संस्थात्मक गोरेटो राजमार्गमा परिणत भइसकेको छ ।

त्रिमूर्तिको अर्चना गर्ने क्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान र बालकृष्ण फाउन्डेशनपछि त्रिमूर्ति निर्माण समिति बन्यो । यसै समितिले त्रिमूर्ति निकेतनको रूप लिएको छ र लाखौँ खर्च गरी नेपालीसाहित्यका तीन ताराको मूर्ति अनावृत भएको छ ।

भनिन्छ- मुलुक कति समृद्ध छ भन्ने कुरा त्यस राष्ट्रको साहित्य, सङ्गीत र कलाकौशलद्वारा व्यक्त हुन्छ । यर्सथ साहित्य, सङ्गीत र कलाकौशलका स्रष्टाहरूको सृष्टिरचनाबेगर राष्ट्रले समृद्ध कहलाउने अवसर पाउँदैन । आधुनिक नेपालीनाटयसाहित्यका वरिष्ठ प्रतिभा एवं नेपालको नाटयकलाका शिखर यी महान् स्रष्टाहरूको त्रिमूर्ति नाटयसाहित्यजगत्को मात्र नभएर राष्ट्रकै गौरवको प्रतीक भई सदा वन्दनीय रहनेछ ।

कान्तिपुर, २०६१ भदौ १९ गते, शनिवार


© २०६३ (2007), सर्वाधिकार सुरक्षित
त्रिमूर्ति निकेतन
सञ्चारग्राम, काठमाडौं, नेपाल
trimurtinepal@gmail.com
designed by: Lakeside Techies